बारा २२ बैशाख / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनिया बाराको मातहतमा हरेको एफ ओ बि बलिरामपुर
को सशस्त्र प्रहरी नायव निरिक्षक ज्ञान बहादुर आले मगर
को कमाण्डमा खटिएको टोलिले भारत बाट अबैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको ४० के जि काजु र १८० मिटर पाइन्ट कपडा बरामद गरि अ मु १ लाख ३ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिए । बिओपी बरैनियाको बिओपि पति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको जिरो टोलेरेन्स मिशन अन्तर्गतको स प्र नि आचार्यले एक महिना नौ दिन भित्र अ १८ लाख बराबर
को भारतबाट अबैध तरिकाले नेपाल भित्र तस्करी ल्याउन्दै गरेका समानहरु बरामद गरि बिरगंज दाखिला गरेको सशस्त्र प्रहरी बल श्रोतले बताए ।
