सशस्त्र प्रहरी उपरीक्षक धिमालको कडा निर्देशन , युनिटहरु हाइ अलर्ट , रु. १०,३८,२३८।- बराबरको भन्सार छलिका सामान बरामद गरे ।




पर्सा ०२ जेठ / सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्सा का गणपतति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आफ्ना मातहतको युनिटहरुलाइ कडा चेतावनी दिएकाछन । चेतावनी पछी युनिटहरु हाइ अलर्ट भएकाछन । प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्ड मा खटिएको टोलिले जि.पर्सा 


 बि.म.न.पा.-१६ ईनर्वा ईलाकाबाट भन्सार छलि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु.२,०१,९४५।- बराबरको अमुल चिज,बटर,मख्खन र मो.सा. बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।साथै  टोलिले बि.म.न.पा.-१६ स्थित भन्सार चेकप्वाईन्ट ईलाकाबाट भारतबाट नेपालतर्फ भन्सार छलि अबैध रुपमा ल्याउदै गरेको मुल्य रु. ७,०५,२२३।- बराबरको INNUJET-C, LOLA-S SYRUP, CARN -B CAP लायतका बिभिन्न किसिमका  औषधीहरु बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको ।
 आजकै मितिमा बि.म.न.पा.-१६ स्थित बासझ्याङ्ग ईलाकाबाट नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अ. मुल्य रु.३७,५००।- बराबरको १५० लिटर 


 घरेलु मदिरा (रक्सी) सशस्त्र प्रहरीको गस्ति टोलीले बरामद गरी ल्याई वीरगंज भन्सारयार्ड कम्पाउण्ड भित्र नालामा बगाई नष्ट गरेकोछ ।.  जिल्ला पर्सा धोविनी गाँउपालिका -२ हरिहरपुर स्थित FOB आस्वारी बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि अबैध रुपमा मो.सा.मा राखि ल्याउदै गरेको रु. २३,६९०।– बराबरको दाल तथा किराना सामान  र रु.७०,०००/- बवराबरको मो.सा. बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको, सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना 
अधिकारी देबेन्द्र बहादुर सिंहले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?