सशस्त्र प्रहरी बल पर्सा द्वारा अवैध समान समेत मानिष र टेम्पु नियन्त्रणमा ।



बिरगंज २७ चैत /   अन्दाजी १४:३० बजेको समयमा जि.पर्सा बि.म.न.पा.-१६ भन्सार मेनगेट स्थित  प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सप्रनाउ सुरज रिजालको कमाण्डमा खटिईएका टोलीले  बिषेश सुचनाको आधारमा भारत बाट नेपाल तर्फ आउदै गरेको  ना २ ह ३१५६ नं.को टेम्पो लाई चेकजाँच गर्ने क्रममा उक्त टेम्पोमा फल्स बटम बनाई लुकाई छिपाई राखेको मुल्य रु.१,६०,१४१।-बराबरको मोटर साईकलको पाट्स र टेम्पोको मुल्य रु २,००,०००।- गरि जम्मा मुल्य रु. ३,६०,१४१।- बराबरको मो.सा.पाट्स फेला परेकोहुदा टेम्पो चालक जिल्ला पुर्वी चम्पारण रक्सौल नगर पञ्चायत वडा न.७ बस्ने अ.बर्ष ३०/३२ को जमिर मियाँ सहित लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी १४:५० बजे बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल पर्सा बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?