लाखौंको धनमाल लुटपाट, दुर्ईजना घाइते

महोत्तरी, २७ पुस । मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछवारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुर्ईजना महिला घाइते भएका छन् ।

बिहीवार राति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुर्ई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । आठरनौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।

परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारको भनाइ छ ।

हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरू निकटवर्ती गाउँँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ ।

जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?