महानगरद्वारा मस्जिदहरूमा गिजर वितरण

वीरगंज, २७ पुस । वीरगंज महानगरपालिकाले वीरगंज मुस्लिम उत्थान समितिको समन्वयमा शुक्रवार विभिन्न वडाका ५ वटा मस्जिदमा १–१ थान गिजर मेशिन वितरण गरेको छ ।

वडा नम्बर २, ३, २८,२९ र ३१ मा रहेका मस्जिदमा १–१ थान विद्युतीय गिजर मेशिन प्रदान गरिएको वीरगंज मुस्लिम उत्थान समितिका अध्यक्ष अब्बास मन्सुरीले जानकारी दिए।

अहिलेको बढ्दो चिसोमा तातो पानीको सेवा उपलब्ध होस् भनेर मस्जिदहरूमा गिजर मेशिन वितरण गरिएको महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।शुक्रवार पहिलो चरणमा ५ वटा मस्जिदमा गिजर प्रदान गरिएको भन्दै उनले महानगरका अन्य वडामा रहेका मस्जिदहरूमापनि गिजर उपलब्ध गराइने बताए ।

कार्यक्रममा वीरगंज मुस्लिम उत्थान समितिका सदस्यहरू खुश महम्मद मियाँँ, असरद कमाल, सलाउद्दीन मंसूरी, जवार अंसारी,अफरोज आलम लगायतकोपनि उपस्थिति रहेको थियोे ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?