सशस्त्र प्रहरी बल बाराले कस्तुरी मदिरा सहित भारतिय गाडि कार बरामद गरे ।



बारा २६ पुस / सशस्त्र प्रहरी बल बाराले कस्तुरी मदिरा 
सहित भारतिय गाडि बरामद गरेकाछन । सशस्त्र प्रहरी 
बल न १२ गण हे क्वा बाराको माताहतमा रहेको बिओपी
बरैनिया बाट सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा खटिएको टोलीले मुसहर्वा सिमा नाका बाट अवैध रुपले भन्सार छलि नेपालबाट भारत तर्फ जान्दै गरेको UP78BJ7060 नम्बरको भारतिय कारमा
१८ कार्टुन कस्तुरी मदिरा बरामद गरेकाछन । सशस्त्र 
प्रहरीको टोलीलाइ देख्न साथ गाडी चालकले गाडिलाइ छोडी फरार भएकोथियो । टोलिले गाडीलाइ नियन्त्रणमा 
लिइ रु १० लाख १८ हजार मुल्यक गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेकाछन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?