धनुषा ०७ मंसिर / सशस्त्र प्रहरी बल धनुषाले सांडे दुई लाख बराबरको घानको खेतमा लुकाइ छिपाइ राखेको अवस्था काजु र पास्ता बदाम बरामद गरेकाछन । विशेष सुचनाको अधारमा स प्र बल, भन्सार सुरक्षा बेश जनकपुर बाट सप्रनी मुकुन्द घिमिरेको कमाण्डमा र बि.ओ.पि. देबडिहाबाट सप्रनानी कमल बहादुर श्रेष्ठको कमाण्डमा र जनकपुर भन्सार कार्यालय बाट ना.सु. चेत नारायण श्रेष्ठ को संयुक्त टोलिले . धनुषा नगराइन 

न.पा.-७ बिर्ता स्थित धान खेतमा बेवारिसे अवश्थामा लुकाई राखेको अन्दाजी मुल्य रु. २लाख ४० हजार- बराबरको छोकडा-१८० केजी, काजु-९० के.जी. र पास्ता बदाम ४० के.जी. बरामद गरी आबस्यक कार्बाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।स.प्र.बल नेपाल नं.८ गण, धनुषाले यो आ.व.मा करीब ३ करोड मुल्य बराबरको सामान बरामद 

गरी भन्सारमा बुझाएको छ । अबैध तस्करी नियन्त्रणका लागि नं ८ गणले बिशेष सुरक्षा
योजना तयार गरी सोही अनुसार जनशक्ति परिचालन गरिएको साथै राजश्व अनुसन्धान तथा भन्सार कार्यालय संग समन्वय गरी काम कारबाही गरिएको कुरा गणका प्रबक्ता स प्र ना उ यदु कार्कीले जानकारी दिए।
