धनुषा २१ कार्तिक / अबैध चोरी निकासी नियन्त्रणामा खटिईरहेको सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको नजकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्वा स्थित अड्डा टोल ईलाकाबाट भारी मात्रामा कपडा बरामद गरेको छ । धनुषा जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा. धनुषाका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिनेश मल्लको सक्रियतामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बि.ओ.पि. ईनर्वाबाट विशेष 

सुचनाका आधारमा खटिएको टोलिले कार्तिक २० गते राती ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाईकलमा राखी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ७५ हजार मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।
साथै सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको 

कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेका थिए ।त्यस्तै
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म जटहीबाट सशस्त्र प्रहरी नायव उपरिक्षक ( DSP ) श्याम कार्कीको
कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउन्दै गरेका अ • १ लाख ५० हजारको कपडाहरु बरामद गरिएकोछ । उक्त कपडा र मोटरसाईकल गरी जम्मा १३ लाख ७५ हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल न ८ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक ( DSP) एवँम प्रवक्ता यदु कार्कीले बताए ।
