पर्सा २१ कार्तिक / चाड पर्व को बेला सिमा नाकामाहरु बाट हुने चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले कडा निगरानी गरेकाछन । भारतबाट अवैध रुपमा सिमा नाकाहरुको चोर बाटो प्रयोग गरि नेपाल तर्फ आइरहेको अवैध सर समान विषेश सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज
भन्सार बाट सशस्त्र प्रहरी नायव उपरीक्षक (DSP)देबेन्द्र ब• सिंहको कमाण्डमा खटिएको टोलिले भन्सार को पुर्व पट्टीको चोर बाटो प्रयोग गरि भारतबाट
नेपाल तर्फ अटो रिक्सामा लोड गरि ल्याउन्दै गरेका काजु र लत्ताकपडा पक्राउ गरेकाछन । पक्राउ परेका
काजु लत्ताकपडा र अटो रिक्सा को ४ लाख ५० हजार मुल्यांकन गरि आवशयक कारवाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको श्रोताले बताए ।
