सशस्त्र प्रहरी नायव निरिक्षक मगरको आगमन पश्चात् तस्करहरुको निंद हराम " स्थानिय बासिन्दाको मनमुटुमा बस्दै हरेक सामाजिक कार्यमा सामिल



बारा ०३ मंसिर / केही दिन देखि विवादमा आएका बिओपी बरैनिया बाराको FOB बलिरामपुरमा सशस्त्र प्रहरी नायब निरिक्षक ज्ञान ब आले मगरको आगमन पश्चात् तस्करहरुको निंद हराम भएकाछन । बिरगंज भन्सार संग जोडिएको बलिरामपुरका केही तस्कर हरुले प्रहरीहरुसंग झैझगडा गरेरपनि समानहरु लैजान खोज्ने सप्रननी मगरको आगमन पश्चात् उनिहरुमा रुवाबासी भएकोछ । सप्रननी मगरलाई आइरन मैनको नामले पनि चिनिन्छ । केही बर्ष आगाडि यहि बिओपि बरैनियाको FOB छतवामा हुन्दा एक्लै पच्चीस जना संगै भिडेर लखाटेको निक्कै चर्चामा आएकाथियो । हाल बलिरामपुर आए देखि हरेक समाजिक कार्यहरुमा समावेश भइ स्थानीयहरुको मनमुटुमा बस्दै आएकाछन" स्थानीयहरुले बताए । तराइ मधेसको सबै भन्दा ठुलो महान पर्व छठको शुभ आवसरमा बलिरामपुर युवा क्लब र समाजिक सुरक्षा  समिति क्लब संगै सप्रननि मगरको टोलिले छठ घाट मठमंदिर बाटोघाटोको सरसफाइमा तथा समाजिक 
कार्य हरुमा योगदान गर्दै आइरहेकाछन वडा न ४ को वडा अध्यक्ष किशोरी साह तुरहाले बताए । त्यस्तै  शान्ति सुरक्षा कायम गर्न तथा बोडर( दसगजा) पिल्लरको सुरक्षा गर्न भारतिय सिमा सुरक्षाबल ( SSP ) संग सुमधुर समन्वय राखी  दिनरात नभनि खटिन्दै आइरहेकाछन ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?