वीरगंज, २१ भाद्र।
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले नेपालमा प्रतिबन्ध भारतिय नोट नगद ५लाख नियन्त्रणमा लिएको छ । सिमा नाकाहुने तस्करी तथा हुण्डीको कारोबारी नियन्त्रण गर्न सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले कडा निगरानीको साथ चेक जाँच गरएकोछ ।
विषेश सुचनाको अधार मा सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज बाट सप्रनि प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अटो चेकजाँच गर्ने क्रममा उक्त अटोमा सवार भारत जि.पश्चिम चम्पारण नरकटियागंज नगरपंचायत-१५ महातमागान्धी मार्ग बस्ने बर्ष ६३ को बिनोद कुमारको साथमा रहेको झोलाबाट नेपाल सरकारबाट प्रतिबन्धीत भारतिय नगद (५०० दरको १००५ थान,२०० दरको १ थान ) जम्मा रु ५०२७००/- पाच लाख दुई हजार सात सय फेला परेको हुदाँ उक्त रकम सहित ब्यक्ति नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाईएको जानकारी गुल्मले गराए ।
