बिरगंज १८ भदौ / श्रोत न खुलेको नोट सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपालको ( प्रस्तावित गुल्म ) बिरगंजको सशस्त्र प्रहरी निरिक्षक प्रेम सिंह बिष्टको कमाण्डमा खटेको टोलिले पक्राउ गरेकाछन। भारतको बिहार रक्सैाल वाड न २० डुमरिया टोल बस्ने बब्लु राय भारतबाट नेपाल तर्फ आउदै गरेको BR 05 U 3978 नम्बरको मो.सा.लाई शंका लागी चेकजाच गर्दा कालो बैगमा श्रोत नखुलेको नेपाली नोट ३ लाख ५० हजार ' नेपालमा प्रतिवन्धित भारतिय ५०० सयको ७० हजार नगद रुपैया फेला परेको हुँदा रायलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको जानकारी प्राप्त भएकोछ ।
