वीरगंज, २२ भाद्र।
सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले नेपालमा प्रतिबन्ध भारतिय नोट नगद ५लाख नियन्त्रणमा लिएको छ । सिमा नाकाहुने तस्करी तथा हुण्डीको कारोबारी नियन्त्रण गर्न सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले कडा निगरानीको साथ चेक जाँच गरिएकोछ ।
विषेश सुचनाको अधार मा सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज बाट सप्रनि प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अटो चेकजाँच गर्ने क्रममा उक्त अटोमा सवार भारत जि.पश्चिम चम्पारण नरकटियागंज नगरपंचायत-१५ महातमागान्धी मार्ग बस्ने बर्ष ६३ को बिनोद कुमारको साथमा रहेको झोलाबाट प्रतिबन्धीत भारतिय नोट ५०० सयको १००५, थान,२०० को १, थान जम्मा रु ५०२७००/- पाच लाख दुई हजार सात सय फेला परेको हुदाँ उक्त रकम सहित ब्यक्ति नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा पठाईएको जानकारी गुल्मले गराए ।
त्यस्तै सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको गुल्मपति सप्रनाउ राम जंग पाण्डे आएदेखी यस माताहातको एरियाहरुबाट लक्ष्यभन्दा तेब्बर
राजस्व उठाउन सफल भएका थिए । पाण्डे
को सप्रनाउ ( DSP ) बाट ( SP )मा बढुवा
भएर सरुवा भएकोछ । तर पनि सप्रनी बिष्ट
ले त्यही लक्ष्यमा हिडिरहेको श्रोतले बताए ।
गुल्मका माताहात पर्ने एरियाहरुबाट कतिपय
तस्करहरु रफुचक्कर भए त" कतिपय विदेश
तिर पलायन भएकाछन । सप्रनी बिष्टले तीन
जनालाई अवैध भारतिय नोट समेत पक्राउ
गरि कारवाही गरेकोछ " भने लाखौ मूल्य बराबरको राजस्व छलि ल्याइको सरसमान
हरु पक्राउ गरि बिरगंज भन्सार कार्यालय दाखिला गरेको श्रोत बताए।
