बिरगंज १० श्रवण / आत्महत्याको घटनाहरु
दिनप्रतिदिन बढदै गइरहेकोछ । बिरगंज वडा न १६ नगवामा बेलुका अ ७: बजे घरमा कोहि नभएको बेला १५/१६ बर्षकी युवती आत्महत्या गरेकाछिन । आमाले गाली गरेको भन्दै आत्महत्या गरेको उन दिदिले बताइन ।दुई दिदिबहिनी र एक भाइ भएका सोनि कुमारी रायभरले बुवा काम विषेशले बाहिर गएको र आमा कान्छो भाइलाइ उपचार गराउन भारत तर्फ गएकोबेला भान्साकोठामा सालको पासो लगाइ आत्महत्या गरेकाहुन । घटना स्थलमा इलाका प्रहरी कार्यालय नगवा र वडा प्रहरी कार्यालय बिर्ताको टोली पुगि आवसयक प्रक्रिया पूरा गरि शवलाइ पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएकोछ । त्यसै मंगलबारको दिन नगवा १६ मा अ ३० बर्षको युवक रौनक बर्नवालले
पासो लगाइ आत्महत्या गरेका थियो ।
