बारा र पर्साको छुटा छुटै स्थानमा दुई पुरुषको शव भेटियो ।



श्रावण ११ / बारा र पर्साको छुटा छुटै स्थान 
मा दुई पुरुषको शव भेटिएकोछ । बाराको विश्रामपुर गाउँपालिकाको वडा न ४ बलिरामपुरमा अ ३८/४० वार्षिय पुरुषको शव भेटिएकोछ । फेटा गाउँपालिकाको वाड न ४ चिलझप्टी घर भएका अ १० बर्ष देखि 
ससुरी घर बलिरामपुर मै बस्दै आएका थियो
शवको अवस्था हेर्दा उनको हत्या भएको शंका गरिएकोछ । टाउको र जिउको विभिन्न भागबाट  रगत आएको र जिउभरि हिलो भएकोले उनको हत्या भएको स्थानीयले बताए । तालिम प्राप्त कुकुर सहित बाराबाट 
आएका प्रहरीले घटनाको अनुसन्धान गर्दैछ ।
त्यतै बिरगंज बडा न १६ नगवाको माइदियर पोखरीमा एक पुरुषको शव भेटिएकोछ । बिरगंजको आदर्शनगरमा डेरामा बस्ने अनिल खेतानको शव भेटिएको वडा न १६ को अध्यक्ष पशुराम चौरसियाले बताए । शवको अवस्था हेर्दा उनको हत्या भएको अनुमान गरिन्छ । घटना स्थलमा पर्सा प्रहरी आइ प्रक्रिया पुरागरि शवलाइ पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएकोछ । घटनाको अनुसन्धान भइरहेकोछ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?