जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले साढे तीन करोड राजस्व सङ्कलन गरे ।


वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९/८० मा तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

यो अघिल्लो आव २०७८/७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी दिए ।अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९/८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

यस्तै आव २०७९/८० मा पर्सा जिल्लामा भएको तीन सय ४७ सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९२ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आव २०७८/७९ मा दुई सय ६० सवारी दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ६३ हजार दुई सय ३८ जनाको सहभागिता रहेको जनाएको छ




भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?