वीरगन्ज महानगरपालिका कार्यालय आज बन्द

वीरगन्ज, ५ जेष्ठ: वीरगन्ज महानगरपालिका कार्यालयमा आज शुक्रबार शोक बिदा दिइएको छ ।

महानगरपालिकाको वडा नम्बर २३ स्थित प्रसौनिविर्ता स्वास्थ्य चौकीका ईन्चार्ज रहेका वरिष्ठ अ.हे.ब. मुनिलाल चौधरीको निधनमा आज शोक बिदा दिइएको हो ।

आज अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले बिहीबार नै सूचना जारी गर्दै चाैधरीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चाैधरीकाे निधनमा महानगरपालिका कार्यलयमा आज जेष्ठ ५ गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।

यहि जेठ १ गते निधन भएका चौधरी प्लास्टिक एनेमिया रोगबाट ग्रसित थिए ।

The post वीरगन्ज महानगरपालिका कार्यालय आज बन्द appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?