जीतपुरका पुराना पत्रकार गम्भीरा सहनीलाई गम्भीर स्वास्थ्य समस्या, आइसियुमा उपचार हुँदै

बारा, ५ जेठ, २०८० ।

 जीतपुरसिमरा उपमहानगरपालिका–७ का पुराना एवं प्रतीक दैनिकका बारा विशेष संवाददातासमेत रहेका पत्रकार गम्भीरा सहनी अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । बिहीवार उनको स्वास्थ्यमा समस्या भएपछि कलैया जाने रोडस्थित एसएल न्यूरो अस्पतालमा उनी भर्ना भएका हुन् । उनको अस्पतालको आइसियुमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।
 
उनका छोरा ऋषि सहनीका अनुसार बुबाको एकातर्फको शरीर नचल्ने भएको, बोल्न पनि नसक्ने, अचेत अवस्थामा रहेको बताएका छन् । घरको आर्थिक अवस्था पनि कमजोर भएकोले बुबाको उपचारमा थुप्रै रकम खर्च भइसकेको र फेरि हुने भएकोले सहयोग गरिदिन उनका छोरा ऋषिले आग्रह गरेका छन् । 

जानकारी तथा सहयोगको लागि ९८४५०३८६८१ मा सम्पर्क गरिदिन ऋषिले आग्रह गरेका छन् ।
 
पत्नीको मृत्युपछि अस्वस्थ हुँदै आएका गम्भीरा सहनी हालै नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत भएका थिए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?