सशस्त्र प्रहरी बलका गुल्मपती पाण्डेको ठुलो सफलता एकै दिनमा अ ४८ लाखको अवैध समान पक्राउ




पर्सा ०८ बैशाख / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ठुलो सफलता पाएकाछन । ७ गते बिहिबारको दिन विषेश सुचनाको अधारमा भारतबाट अवैध रुपमा भन्सार छलि सरसमान आइरहेको सुचनाको अधारमा गुल्म पति सशस्त्र प्रहरी नायव उपरीक्षक राम जंग पाण्डे को कमाण्डमा ७ जना टोलि र बिरगंज भन्सारका नासु कृष्ण प्र अचार्यको ५ जनाको  
कमाण्डमा रहेको टोलीले बिरगंज वडा न १६ वाइपास रोडको वैस्नु  माताको मंदिर बाट ना ५ च २८७२ न को पिकअप गाडिमा भारत 
बाट अवैधरुपमा भन्सार छलि ल्याइरहेकोका 
गाडिलाइ नियन्त्रणमा लिएकोछ । र सोहि दिन भारतबाट बहुमुल्य बस्तु आइहेको सुचना पाउन साथ  सप्रनाउ पाण्डेको कडा चेकजाचको क्रममा BR0AUS 5896 न को 
स्कुटरबाट बहुमुल्य ४६ किलो ग्राम कामुख्या 
सिन्दुर बरामद गरिएकोछ । पक्राउ गरिएको 
कपडाको मुल्य रु १९ लाख ५१ हजार २ सय 
पिकअप गाडिको मुल्य रु १३ लाख र बहुमुल्य कामुख्या सिन्दुर ४६ किलो ग्रामको मुल्य रु १५ लाख ४५ हजार गरि जम्मा ४७ लाख ९६ हजार २ सय मुल्यांकन गरि आवशयक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पठाइएको छ ।सप्रनाउ पाण्डेको कडा एक्सनको कारण तस्करहरुमा रुावासी भएकाछन । एक तस्कर को अनुसार यस नाकामा कति बिओपि पतिहरु
आए गए यस्ता  इन्चार्ज देखेकोथिएन । अब हामी सुख्यो भनेर  आँसु झारेरहे ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?