रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा

काठमाडौं ,१६बैशाख :राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।

आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएको स्रोतले जानकारी दियो। राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्।

यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्दैछन्। स‌ंसदीय दलको बैठक सोमबार बस्ने तयारी छ। बैठकले लामिछानेलाई दलको नेता चयन गर्नेछ।

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।

The post रास्वपा संसदीय दलका नेता डिपी अर्यालले दिए राजिनामा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?