बारा २ उपचुनाव: दुर्ईवटा मतपत्र भेटिएपछि जसपाका नेता पक्राउ

बारा, १० वैशाख । बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रबाट एक मतदाता पक्राउ परेका छन् । दुर्ई वटा मत्रपत्र फेला परेपछि जनता समाजवादी पार्टीका रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ।
यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।
यता बाराकै महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ। उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ।
ईनरवास्थित रुमतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरूलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन।
त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरूले समेत पत्रकारहरूलाई दुव्र्यवहार गर्न खोजेका छन। त्यसपछि त्यहाँ रहेका प्रहरीले सञ्चारकर्मीहरूलाई उद्धार गरेका छन।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?