बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान

बारा,१७ बैशाख : उपनिर्वाचनबाट बारा २ को प्रतिनिधीसभा सदस्यमा निर्वाचित जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा निर्वाचित कार्यपालिका सदस्य र वडाध्यक्षहरुले यादवलाई चाँदीको मुकुट तथा दुइ सय किलोको मालाले सम्मानीत गरेका हुन् ।

सम्मान कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, नेता रामकिशोर यादव सहितका नेता कार्यकर्ताहरू पनि सहभागी थिए।

यस्तै समाजवादी युवा संघ बाराले पनि नवनिर्वाचित प्रतिनिधीसभा सदस्य यादवलाई सम्मान गरेको छ । आइतबार नै कलैयामा समाजवादी युवा संघ बाराका नेता कार्यकर्ताहरुले माला लगाएर मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरेका हुन् ।

The post बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट लगाएर सम्मान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?