कोल्हबीबाट ३५ क्युफिट काठ बरामद

बारा, १५ वैशाख ।
बारामा शुक्रवार बिहान ३५ क्युफिट काठ बरामद गरिएको छ ।  डिभिजन वन कार्यलय बारा अन्तरगर्त रहेको कोहल्वी नगरपालिका ५  ककडी  पोष्टबाट खटिएको वन रक्षक टोलीले  उक्त काठ बरामद गरेको हो ।
वन रक्षक टोलीले कोहल्वी नगरपालिका–५, खरियाटोलमा घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो । बेवारिसे अवस्थामा लुकाइ छिपाई राखेको  काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले  बताए । 

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?