रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्रकाे शपथ मंगलबार

काठमाडौं,१५बैशाख : बैशाख १० गते भएको उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार शपथ ग्रहण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने आजकाे शपथ ग्रहणमा अनुपस्थित रहे ।

यादव अहिले पनि बारामै रहेकाले आजकाे शपथमा अनुपस्थित भएका हुन् । यादवले बैशाख १९ गते मंगलबार सांसद पदकाे शपथ लिने कार्यक्रम रहेकाे जसपाका नेता एंव सांसद प्रदीप यादवले जानकारी दिए । अध्यक्ष यादव अहिले आफनाे निर्वाचन क्षेत्र बारा २ का मतदातालाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा व्यस्त रहेकाे भन्दै यादवले बैशाख १९ गते काठमाडौं जाने र त्यहि दिन शपथ लिने तय भएकाे जानकारी दिए।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

शुक्रबार लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

The post रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्रकाे शपथ मंगलबार appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?