उपनिर्वाचनको लागि बाराको सीमानाका तीन दिन बन्द

बारा, ९ वैशाख । यही वैशाख १० गते बारा क्षेत्र नम्बर–२ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी आज राति १२ देखि आइतवार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ।
उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए। यस्तै, मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादकपदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ।
बारा क्षेत्र नम्बर–२ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए ।

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?