ठाकुरराम सहित देशभरका १२ क्याम्पसमा अब स्ववियु निर्वाचन नहुने

वीरगन्ज,८बैशाख : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन हुन बाँकी रहेका वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससहितका क्याम्पसहरुमा अब स्ववियु निर्वाचन नगराउने भएको छ ।

त्रिविले ठाकुरराम सहित देशभरका १२ वटा आङ्गिक क्याम्पसमा स्ववियू निर्वाचन नगराउने भएको हो ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसहरुमा निर्वाचन गराउन नसकिने जानकारी दिए ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस , काठमाडौंको नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी आरआर क्याम्पस , विश्वभाषा क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस सहित १२ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

सधैँ निर्वाचनकै पछि लाग्न नसकिने बताउँदै उनले परीक्षा चलिरहेका र पढाई पनि गर्नुपर्ने भएका कारण सधैँ निर्वाचनको पछि लागेर बस्न नसकिने बताए । उनले अब बाँकी रहेका कलेजमा निर्वाचन गराउन जसकिने बताए ।

चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो । चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, विद्यार्थी सङ्गठनहरूको आ–आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।यता ठाकुरराम क्याम्पसमा चैत ५ मा विवादका कारण हुन नसकेको स्ववियु निर्वाचन जेठ १४ गते गर्ने हुने क्याम्पस प्रशासनले निर्णय गरेको थियो ।

त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, वैशाख ८ गतेसम्म पनि बाँकी क्याम्पसहरूमा निर्वाचन हुन सकेको छैन । त्रिविले अब स्ववियू निर्वाचनको च्याप्टर क्लोज भइसकेको जनाएको छ । तर, विद्यार्थी सङ्गठनहरू भने वैशाख १० गतेको उपनिर्वाचनपछि स्ववियू निर्वाचन गराउनुपर्ने मनसायमा रहेका छन् । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रष्ट पारेको छ ।

 

The post ठाकुरराम सहित देशभरका १२ क्याम्पसमा अब स्ववियु निर्वाचन नहुने appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?