बारामा सवारी दुर्घटनामा एक युवकको मृत्युु

वीरगन्ज ,२८फागुन: बारामा शनिबार साँझ सवारी दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।

बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर ८ मा पर्ने थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना. ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर प्लेट नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनिया घर भएका २२ वर्षिय विकास कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी फरार भएकाे र खाेजी भइरहेको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए ।

The post बारामा सवारी दुर्घटनामा एक युवकको मृत्युु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?