नवनियुक्त मन्त्री कलवारले सम्झिए मधेसी सहिदलाई

मधेसखबर
वीरगन्ज,२८माघ : मधेस प्रदेशका खानेपानी तथा उर्जा विकासमन्त्री सिंहासन साह कलवारले वीरगन्जको घण्टाघर स्थित मधेसी सहिद पार्कमा रहेका मधेसी सहिदका शालीकमा माल्यार्पण गरेका छन् ।मन्त्रीमा नियुक्तपछि पहिलो पटक शनिबार गृह जिल्ला आइपुगेका नवनियुक्त मन्त्री कलवारले मधेसी सहिद पार्कमा पुगेर सहिदहरुलाई श्रद्धान्जली अर्पण गरेका हुन् । त्यसअघि जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ताहरुले मन्त्री कलवारलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

मन्त्री कलवारले मधेस आन्दोलनको जग र मधेसी सहिदको बलिदानीकै कारण मधेसमा जसपाको जसपा नेतृत्वको सरकार बनेको तथा आफु मन्त्री पनि बनेकोले मन्त्री नियुक्त पछि पहिलो पटक गृह जिल्लामा आएका बेला सहिद पार्कमा मधेसी सहिदलाई श्रद्धान्जली अर्पण गरेको बताए ।

त्यस अवसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचिव तबरेज अहमद, वीरगन्ज महानगर अध्यक्ष इश्वर चन्द्र यादव , नेताहरु महाराजा यादव , कालीकामाई गाँउपालिकाका अध्यक्ष वशिष्ठ गुप्ता लगायतको सहभागिता थियो ।

The post नवनियुक्त मन्त्री कलवारले सम्झिए मधेसी सहिदलाई appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?