सेन्ट्रिंग खोल्दा ढलान भत्किएर मजदूरको मृत्यु

वीरगंज, २२ पुस । छठघाटको  भर्याङ को   सेन्ट्रिंग खोल्दा ढलान भत्किएर एकजना कामदारको मृत्यु भएको छ भने एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
२०७९ पुस २२ गते शुक्रवार दिउँसो २ः३० बजे बहुदरमाई नगरपालिका वडा नं.–४ तिलावे खोलाको छेउमा रहेको छठ पूजा गर्ने घाटको भर्याङ ढलान गरेको सेन्ट्रिङ खोल्दा ढलान भत्किई दुईजना कामदार च्यापिएका थिए । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैला बहुअरीको प्रहरी टोलीले उपचारको लागि पठाएको थियो ।
बहुदरमाई नगरपालिका वडा नं.५ भौराटोल बस्ने वर्ष २१ को राजा मण्डलको मृत्यु भएको छ भने वडा नं.५ पटनी बस्ने वर्ष ३५ को अमर महतो गम्भीर घाइते भएका छन् ।
ई.प्र.का. पोखरियाबाट प्र.नि.आयुष जोशीको टोलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?