बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

१२ माघ, वीरगञ्ज । वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

रकम ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । प्रहरी निरीक्षक थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रा.लिमा कार्यरत कर्मचारी हुन्।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ ।

उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ भने पर्सा जिल्ला अदालतले घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?