श्री नेरामाबि इटियाहीको नवनिर्वाचित अध्यक्ष देवानको पदभार ग्रहण

 श्री नेरामाबि इटियाहीको नवनिर्वाचित अध्यक्ष देवानको पदभार ग्रहण 




बारा २१ पोष / विश्रमपुर गाउँपालिकाको वडा न ५ इटियाहीमा रहेको श्री ने रा मा बि को नवनिर्वाचित अध्यक्ष 

मनिर देवानको सम्मान तथा पदभार ग्रहण गरिएकोछ । 

पौष १२ गते अभिभावक भेलामा देवानलाइ सर्वसहमतिले 

श्री ने रा मा बि इटियाही ब्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरिएको थियो । २० गते बुधबार सम्मान तथा पदभार ग्रहणको कार्यक्रमको आयोजना गरि देवानलाइ पदभार ग्रहण गराएकाछन । धर्मदेव यादबको  अध्यक्षता प्रधानाध्यापक जुगुल साहले कार्यक्रम संचालक गरेकाथिए । नवनिर्वाचित अध्यक्ष देवानले पहिलै बैठकमा बिधालयलाई 10+2 संचालन गर्ने । शिक्षक नियुक्ति गर्ने । 

बिधालय प्राङण सस्वातीमाताको मुर्ति स्थापना गर्ने । बिधालयको नाम रहेको २२ कठ्ठा जग्गा हाल गाउँपालिका

मताहतमा रहेका जग्ग पुन बिधालयको भोग हुने गरि फिर्ता 

ल्याउने र सदस्य मनोनय गर्ने निर्णय गरिएकोछ ।  बिधालयललाइ नमुना बिधालय बनाउने अध्यक्ष देवानले बताए । कार्यक्रममा प्रमुख अतिथि धर्मदेव यादव अतिथि 

कार्यपालिका सदस्य राजेन्द्र पाल वडा सदस्य सुरेश महतो निनिया जमुना तिवारी रागनी देवी नुनियाइन चनतवती देवी  चमार शिक्षक शिक्षिका विद्यार्थी अभिभावक लगाएतको उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?