नमस्ते ट्रान्सपोर्टबाट निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

वीरगंज, २१ मंसिर ।
जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
वीरगंजबाट कास्कीतर्फ गईरहेको  ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई गएराति १०ः३० बजे लोहारपट्टिस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी सामान रहेको उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा बिल बिजकभन्दा बढी सामान लोड रहेको देखेपछि आज बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा कारबाईको लागि बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?