स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै माेरक्काे विश्वकप फुटबलको क्वाटरफाइनलमा

वीरगन्ज ,२० मंसिर : पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै मोरक्को फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएकाे प्रि-क्वाटरफाइनल खेलमा सन् २०१० काे विश्वकप विजेता स्पेनलाई माेरक्काेले पेनाल्टी सुट आउटमा ३-० ले पराजित गर्दै अन्तिम आठकाे यात्रा तय गरेकाे हाे ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटकाे खेलमा पनि दुवै तर्फबाट गाेल हुन नसकेपछि खेलकाे अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट गरिएकाे हाे ।

अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनलमा पुगेको हो ।साथै मोरक्को विश्वकपको क्वाटरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र समेत बनेको छ ।

The post स्पेनलाई पेनाल्टि सुट आउटमा हराउदै माेरक्काे विश्वकप फुटबलको क्वाटरफाइनलमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?