विश्वकप फुटबलको पहिलाे सेमिफाइनलमा आज अर्जेन्टिना र क्राेएसिया भिड्दै

वीरगन्ज ,२७ मंसिर: फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलको खेल आज मंगलबारदेखि सुरू हुँदैछ।

मंगलबार राति पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्रोएसिया बीच कतारको लुसेल रंगशालामा हुँदैछ।यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको निर्क्यौल गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण छ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

The post विश्वकप फुटबलको पहिलाे सेमिफाइनलमा आज अर्जेन्टिना र क्राेएसिया भिड्दै appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?