जाजरकाेटमा जिप दुर्घटना हुदा ९ जनाको मृत्यु

वीरगन्ज ,२६ मंसिर : जाजरकोटमा साेमबार यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप राजमार्गबाट दुई सय मिटर तल खसेको हाे ।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा मृत्युु हुनेमा धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ। दुर्घटनामा तीन जना गंभिर घाइते पनि भएका छन् ।

घाईतेहरुको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।

The post जाजरकाेटमा जिप दुर्घटना हुदा ९ जनाको मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?