मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई

मधेसखबर
वीरगन्ज ,११पुस : नेपाल सरकारकाे प्रवक्ताकाे जिम्मेवारी नवनियुक्त उपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेले पाएका छन्।

साेमबार नवगठित मन्त्रिपरिषदको पहिलोपटक बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हाे ।

बैठक सके पछि सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने बताए । प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछने र मन्त्रीहरू ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान सहभागी थिए।

The post मन्त्रीपरिषदकाे पहिलाे बैठक : सरकारकाे प्रवक्ताकाे जिम्मेवारी रवि लामिछानेलाई appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?