रेलले चेपिएर एक जनाको मृत्यु

१३ पुस, काठमाडौं । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ ।

जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका- २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो ।

गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे लिकमा किचिएको रेल्वे महाप्रबन्धक निरञ्जन झा बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?