बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको फुलको माला लगाएर स्वागत


वीरगन्ज, ११ मंसिर : बारा क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ( किसान )  र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई मदन यादव शशिी शर्मा लगाएत स्थानीयले १५१ किलोको फुलको माला लगाएर स्वागत गरेका छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन पुगेका विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधीसभा सदस्य श्रेष्ठ र प्रतिनिधीसभा सदस्य सोनललाइ १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । त्यस्तै विश्रामपुरको गाउपालिकाका गापा अध्यक्ष जुल्फाक अलि भुुटो ( जुवैर भााइ ) प्रमुख प्रशासकिय अधििकृत राकेश अोझा लगाएतले स्वागत गरेकाछन । त्यसतै मुसहर्वा कान्तिपुर बरैनिया बतरा फेेटा लगाएतमा स्थानीय द्वारा श्रेष्ठ र सोनललाइ भब्य स्वागत गरेकाछन ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ , बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् ।

The post बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?