पर्सामा समानुपातिकमा पनि सबै भन्दा बढि मत पाउदै काँग्रेस बन्यो पहिलो दल

मधेसखबर
वीरगन्ज,११ मंसिर : मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि सबै भन्दा बढि मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।

प्रतिनिधीसभाको समानुपातिकमा काँग्रेसले सबै भन्दा बढि ६६ हजार ६७५ मत प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको नेकपा एमालेले ४२ हजार ९७५ मत पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ३८ हजार ४२१ मतका साथ तेश्रो स्थानमा झरेको छ ।

राप्रपा २० हजार ८७३ .मतका साथ चौथो , नेकपा माओवादी केन्द्र १३ हजार २७४ मतका साथ पाँचौ र रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी ७ हजार ५५१ मतका साथ छैठौं शक्ति पर्सामा बनेको छ । सातौ स्थानमा रहेको नेकपा एकिकृत समाजवादीले ५ हजार ७३१ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ५ हजार ४३ मतका साथ आठौ स्थानमा रहेको छ । सिके राउतको दल जनमत पार्टी भने ३ हजार ९१९ मतका साथ नवौं स्थानमा सिमित हुन पुगेको छ ।

 

प्रदेशसभाको समानुपातिकमा पनि काँग्रेस नै पहिलो

प्रदेशसभाको समानुपातिकमा पनि पहिलो दल काँग्रेस नै बनेको छ । काँग्रेसले सबै भन्दा बढि ६३ हजार ८६१ मत पाएको छ ।

जसपा भने ४१ हजार ६२७ मतका साथ दोश्रो स्थानमा पुग्दा नेकपा एमाले ४१ हजार ३०४ मत प्राप्त गर्दै तेश्रो दल बनेको छ ।
चौथो स्थानमा उक्लिएको राप्रपाले १७ हजार १७३ मत पाउदा माओवादी केन्द्र ११ हजार ३१३ मत प्राप्त गर्दै पाँचौ दल बनेको छ ।

सिके राउतको दल जनमत पार्टी भने ७ हजार २५४ मतका साथ छैठौं स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ६ हजार ६६२ मततका साथ सातौ स्थानमा , नेकपा एकिकृत समाजवादी ६ हजार ९४ मतका साथ आठौ स्थानमा पुगेको छ । नवौं ं स्थानमा रहेको लोसपाले ४ हजार ८०५ मत पाएको छ भने नेपाल संघीय समाजवादी पार्टी ४ हजार १८१ मतका साथ दशौं स्थानमा पुगेको छ ।

 

२०७४ को निर्वाचनमा पर्सामा कुन दल कुन स्थानमा थिए ?

२०७४ को निर्वाचनमा सामानुपातिक तर्फ पनि प्रतिनिधीसभा र प्रदेशसभा दुवैमा जसपा नै पहिलो दल बनेको थियो । त्यस बेला प्रतिनिधीसभाको समानुपातिकमा जसपाले सबै भन्दा बढि ५३ हजार ८२१ मत र प्रदेशसभाको समानुपातिकमा ५१ हजार २२० मत पाएको थियो ।

दोश्रो स्थानमा रहेको काँग्रेसले भने प्रतिनिधीसभाको समानुपातिकमा ५० हजार ५९२ मत र प्रदेशसभाको समानुपातिकमा ४५ हजार २७३ मत पाएको थियो । तेश्रो स्थानमा रहेको एमालेले प्रतिनिधीसभाको समानुपातिकमा २२ हजार १५६ मत र प्रदेशसभाको समानुपातिकमा १९ हजार २९८ मत मात्रै पाएको थियो ।

The post पर्सामा समानुपातिकमा पनि सबै भन्दा बढि मत पाउदै काँग्रेस बन्यो पहिलो दल appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?