काँग्रेसका सिटाैलालाई हराउदै राप्रपा अध्यक्ष लिङदेन विजयी

मधेसखबर
वीरगन्ज ,०८ मंसिर : राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

झापा क्षेत्र नंबर ३ बाट उनि निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटाैलालाई विजयी भएका छन्।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मत अन्तरले हराउदै लिङदेन लगातार दाेश्राे पटक निर्वाचित भएका हुन्।

लिङदेनले ४० हजार ६सय ४८ मत पाउदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाए।

The post काँग्रेसका सिटाैलालाई हराउदै राप्रपा अध्यक्ष लिङदेन विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?