पर्सामा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

१४ मंसिर, वीरगञ्ज । पर्सामा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज २५ चण्डाल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । वीरगञ्ज २४ बस्ने अन्दाजी ७५ वर्षीय रुपा राउत कुर्मीको मृत्यु भएको हो ।

बुधबार ना ३ ख ६०७५ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री रुपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ट्रक चालक वीरगञ्ज २२ जगरनाथपुरका २५ वर्षीय छोटु कुमार कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्साको बहुदरमाई नगरपालिकामा ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका वडा नं. ८ बस्ने ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठेलामा चटपटे बिक्री गरी घर फर्कदै गरेका साहलाई मंगलबारराति रामनगरीबाट महुवनतर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?