बालेनले हर्कको भिडिओ शेयर गर्दै भने : तपाईं जस्ताे इमानदार नेता १०० वर्ष सम्म जन्मिदैन

मधेसखबर
वीरगन्ज ,१४ मंसिर : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई प्रशंसा गर्दै उनको भिडिओ अन्तरवार्ता सेयर गरेका छन् ।

बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका हुन् । जहाँ हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् । भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् ।

काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको भिडिओमा बताएका छन् ।

उनले यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न अपील गरेका छन् । बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन’

The post बालेनले हर्कको भिडिओ शेयर गर्दै भने : तपाईं जस्ताे इमानदार नेता १०० वर्ष सम्म जन्मिदैन appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?