सर्लाही ४ मा काँग्रेसकै उम्मेदवार रायलाई हराउदै अमरेश सिंह विजयी

मधेसखबर
वीरगन्ज ,०९ मंसिर : सर्लाहीकाे निर्वाचन क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्‍याए ।

यस्तै अर्की स्वतन्त्र उम्‍मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्‍याइन् ।

२०७४ काे निर्वाचनमा यहि क्षेत्रबाट जितेका सिंह, काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

The post सर्लाही ४ मा काँग्रेसकै उम्मेदवार रायलाई हराउदै अमरेश सिंह विजयी appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?