असोज २० बारा / विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी २५१ जना प्रवेश गरेकाछन ।
क्षेत्रीय समन्वय कमिटी द्वारा आयोना गरिएको सुभकामना
अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम नेकपा एमालेका जिल्ला कमिटीको सदस्य बलिराम ठाकुरको नेतुत्वमा १०० जना गरि २५१ जना पार्टी प्रवेश गरेकाछन । भलुही चौकमा
रहेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पुर्व श्रम मंत्री एँवम पार्टी का केन्द्रिय सदस्य किसान श्रेष्ठ लाई आशन ग्रहण गराएकाथिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने म तनहुँको क्षेत्र न १ बाट निर्वाचित भएकाथिए मलाइ राज्यबाट पाएका सेवा सुविधाहरु सम्पूर्ण गरिब असाहय जनतामा दिएकाहु । अब म बाराको क्षेत्र न ४ बाट चुनाव लडदैछू । यहाँ बाट म निर्वाचित भएपछी यस क्षेत्रको विकाशमा कुनै कसर बाकी रहन्दैन र युवाहरुलाइ रोजगारको गारन्टी लिन्छु श्रेष्ठ मन्त्यव्य व्यक्त गरे ।
