किसान श्रेष्ठ भन्छन् : बारा ४ मा दोब्बर मतले जितेर इतिहास रच्छु

क्रान्ति शाह
वीरगन्ज,२० असोज : नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट आफु प्रतिद्धन्द्धी उम्मेदवार भन्दा दोब्बर मतले चुनाव जित्ने दाबी गरेका छन् ।बाराको भलुही चोकमा बिहीबार नेकपा एकीकृत समाजवादीको क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

पाँच दलीय गठबन्धनबाट बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यको साझा उम्मेदवार आफु नै रहेको उद्घोष पनि उनले गरे ।
२०७४ को निर्वाचनमा तनहुमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ हराएर सांसदमा निर्वाचित भएका श्रेष्ठ , आगामी मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्य उम्मेदवार बन्ने चर्चा छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै श्रेष्ठले आगामी निर्वाचनमा बारा क्षेत्र नम्बर ४ ले एउटा इतिहास नै रच्ने पनि बताए । उनले भने,‘ मंसिर ४ को निर्वाचनमा प्रतिद्धन्द्धी उम्मेदवारको भन्दा दोब्बर मतले म जित्छु , हामीलाइ जित्नबाट कुनै पनि शक्तिले रोक्ने छैन ।
श्रेष्ठले बारा ४ का जनताको हरेक सुख दुखमा साथ दिने प्रतिबद्धता पनि जनाए । उनले बारा ४ बाट सांसदमा विजयी भएपछि सरकारबाट पाउने तलब भत्ता आफनो व्याक्तिगत काममा खर्च नगरि न् यहि क्षेत्रको सामाजिक काममा खर्च गर्ने वाचा पनि गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब २ सय जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको नेता दिनेश राइले जानकारी गराए ।

 

The post किसान श्रेष्ठ भन्छन् : बारा ४ मा दोब्बर मतले जितेर इतिहास रच्छु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?