चुनाव नलड्ने डा. बाबुराम भट्टराईकाे घाेषणा

मधेसखबर
वीरगन्ज ,१७ असाेज : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गते हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। पुर्ब प्रधानमन्त्री समेत रहेका उनले गोरखाबासीको नाममा पत्र लेख्दै यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’

पूर्ण पाठ
प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।

The post चुनाव नलड्ने डा. बाबुराम भट्टराईकाे घाेषणा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?