आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास


मधेसखबर
असोज १७ गते , वीरगञ्ज : चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो दुई महिनाको अवधिमा विदेशबाट नेपालमा एक करोडभन्दा बढीको तास आायत गरिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी एक करोडभन्दा बढी मूल्यको तास आयात भएको हो ।

विभागका अनुसार दुई महिनामा विदेशबाट नेपालमा कुल एक करोड तीन लाख ३२ हजार बराबरको ६ लाख ७८ हजार २४४ पिस तास आयात भएको हो । तासको आयातबाट नेपालले दुई महिनामा ७४ लाख ६६ हजार राजश्व संकलन गरेको छ ।

दुई महिनाको अवधिमा आयात गरिएको सबै तासहरू चिनबाट आयात गरिएका हुन् । देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले ताससहित अन्य विभिन्न १० वटा वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर, गत भदौ १४ गते ताससहित प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुल्ला गरिएको थियो ।

दसैँ र लक्ष्मीपूजामा खासगरी रमाइलो गर्नको लागि पनि नेपालीहरूले तास खेल्ने गरेका छन् । गत आर्थिक वर्ष २०७८÷७९ को साउन भदौ गरी दुई महिनाको अवधिमा भने नेपालमा पाँच करोड ५१ लाख ३१ हजार बराबरको तासहरु भारत, अमेरिका र चीनबाट आयात गरिएको थियो । सो अवधिमा तास आयातमा भने प्रतिबन्ध लगाइएको थिएन । साभार ः देशसंचार

The post आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?