दशैंको समयमा नक्कली नोट छ्याप्छ्याप्ती भारतीय युवक ३१ हजार जाली नोटसहित पक्राउ

वीरगंज, १७ असोज । सिरहाको नरहा गाउँँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । १ हजार दरको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामढी भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको बताएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?