चुरियामाई नजीकै दुर्घटना, एकजनाको मृत्यु, अन्य घाइते

बारा, १७ असोज ।
चुरियामाई नजीकै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएको ई.प्र.का. अमलेखगंज बाराले जनाएको छ ।
असोज १५ गते जितपुरसिमरा उ.म.न.पा.–२१चुरिया माई नजिकै पुर्व पश्चिम लोकमार्गमा हेटौडा बाट पथलैया तर्पm आउदै गरेको ना.७ख ३६३९ न.को यात्री वाहक बस आफै अनियन्त्रित भई बाटोको पुर्व साइडमा कोल्टो भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घटनास्थलमा बस छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बारा करैयामाई गा.पा. ७ बस्ने वर्ष ५३ को जंगनारायण चौधरी, मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने वर्ष ६० को फेकन दास, बारा जितपुरसिमरा उ.म.न.पा. २१ अमलेखगंज बस्ने वर्ष ४५ को अकल ब.लामा र एकजनाको नाम खुल्न सकेको छैन ।
यसैगरी दुर्घटनामा पर्सागढी न.पा. ८ रमौली बस्ने वर्ष २४ को नन्दन चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?