खाेलामा डुबेर दुई बालककाे मृत्यु

मधेसखबर
वीरगन्ज ,१९असाेज :दाङमा लमही स्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।साभार: अनलाइनखबर

The post खाेलामा डुबेर दुई बालककाे मृत्यु appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?